सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेकी बिनु यादव प्रहरी नियन्त्रणमा

सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेकी बिनु यादव प्रहरी नियन्त्रणमा

 काठमाडौं, ११ मंसिर । सर्वोच्च अदालतको बोर्डमाथि कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

बिनुले मंगलबार सर्वोच्चको मुल गेट नजिकको बोर्डमा कालो छ्यापेकीथिइन् । प्रहरीले पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको जनाएको छ । 

यादवले आफू घरेलु हिंसा पीडित भएको भन्दै आएकी छिन् । यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए ।

अदालतले सम्बन्ध बिच्छेदको निर्णय सुनाएपछि उनले अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।

यसअघि बिनु आमरण अनशन समेत बसेकी थिइन् । २०८० जेठमा  सरकारसँग पाँच बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् ।