दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च, बयान जारी

दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च, बयान जारी

काठमाडौं, ११ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगिएको छ ।

साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

सर्वोच्चमा अहिले उनको बयान भइरहेको छ । प्रसाईं गत आइतबार वीर अस्पताल भर्ना गरिएका थिए ।
आइतबार अदालतले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।

प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको अभियोग उनीमाथि लगाइएको छ ।