सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई आज काठमाडौं नल्याइँने

सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई आज काठमाडौं नल्याइँने

काठमाडौं, ११ मंसिर । सहकारी रकम अपचलन प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज काठमाडौं ल्याउने भनेकोमा भोलिमात्रै ल्याउने भएको छ ।

आज साँझ ल्याउने भनिएपनि लामिछानेलाई भोलि साँझ वा पर्सी (बिहीबार) विहानमात्रै काठमाडौं ल्याइने भएको हो ।

लामिछानेलाई भोलि साँझ वा पर्सी बिहानमात्रै काठमाडौं पठाउने जानकारी रास्वपाका नेता दीपक बोहोराले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सी बिहान मात्र काठमाडौं पठाउने भएको छ।’