आज सबै मन्त्रालयको प्रथम त्रैमासिक प्रगतिको समीक्षा गरिंदै

आज सबै मन्त्रालयको प्रथम त्रैमासिक प्रगतिको समीक्षा गरिंदै

काठमाडौं, १२ मंसिर । सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा गरिंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मन्त्रालयको कार्य प्रगतिको विवरणबारे समीक्षा हुने बताइएको छ  ।

चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था र कार्यक्रम कार्यान्वयनको समीक्षा गर्न लागिएको हो । कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे राखिएको छ ।

यसअघि यही पुस १० गते साँझ समीक्षा बैठक बस्ने तय भएको थियो ।  त्यस दिन बिहान प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग छलफल र त्यसपछि मन्त्रिपरिषद् बैठक भएकोले समीक्षा बैठक स्थगित गरिएको थियो ।