फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

फोटो पत्रकार समूहले प्रधानमन्त्रीलाई  बुझायो ज्ञापन पत्र

काठमाडौं, १२ मंसिर । फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

आज (बुधवार) प्रधानमन्त्रीको निवास बालुवाटारमा नवनिर्वाचित फोटो पत्रकार समूह नेपालका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् ।

उनीहरुले फोटो पत्रकारहरुका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेका छन् । फोटो पत्रकारितालाई थप व्यवस्थित बनाउँदै लैजान सरकारले सहयोग गर्नुपर्ने माग उनीहरुको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको र सरकारले पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।