उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको असहमति
काठमाडौं, १२ मंसिर । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ ।
विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो ।
स्रोतका अनुसार, बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनको फरक मत रहेको थियो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको आयोगले तयार पारेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नु नेपाल विद्युत् प्राधिकरणको ‘परम कर्तव्य’ भएको नियम आयोगले उल्लेख गरेको छ ।