क्याम्पस प्रमुख हत्या प्रकरणः ६ महिनापछि हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

क्याम्पस प्रमुख हत्या प्रकरणः ६ महिनापछि हत्यामा संलग्न मुख्य आरोपी पक्राउ

काठमाडौं, १३ मंसिर । गत ३२ जेठमा भएको रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले कुशवाहा हत्याका आरोपी सुरेन्द्र कुशवाहालाई पक्राउ गरेको हो ।  

जिल्ला प्रहरी कार्यालयले उनलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।  सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकरी दिए । 

बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा उनीमाथि गोली प्रहार भएको थियो ।

गम्भीर घाइते उनलाई तुरुन्तै बयोधा अस्पताल, वीरगञ्ज पुर्‍याइएको थियो । त्यसबेला उनले गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो ।