चीन प्रस्थान गरिन् परराष्ट्रमन्त्री राणा

चीन प्रस्थान गरिन् परराष्ट्रमन्त्री राणा

काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्यान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन्

परराष्ट्रमन्त्री नियुक्त भएपछि यो उनको पहिलो चीन भ्रमण हो ।  परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गरेका छन् ।

भ्रमणका क्रममा मन्त्री डा.राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु शहरमा हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीका लागि उनी चीन गएकी हुन् ।

आगामी १७ मंसिरमा प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदैछन् । परराष्ट्रमन्त्री डा राणा शनिबार नेपाल फर्किएर पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यक्रम छ ।