दैलेखको महाबुमा मतदान जारी, हालसम्म ३ हजार मत खस्यो

दैलेखको महाबुमा मतदान जारी, हालसम्म ३ हजार मत खस्यो

सुर्खेत, १६ मंसिर । उपनिर्वाचन भइरहेको दैलेखको महाबु गाउँपालिकामा  शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । अध्यक्ष चुन्नका लागि बिहानै ७ बजेदेखि नै सुरु भएको मतदान जारी छ । ११ बजेसम्म तीनहजार मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

तीन हजार ४४ मत खसिसकेको जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीले जानकारी दिए ।  महाबुमा १२ हजार ६१४ मतदाता रहेका छन् । कूल मतदाताको अनुपातमा अहिलेसम्म २४.१३ प्रतिसत मत हो ।

यमहाबुको अध्यक्ष पदका लागि कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा चुनावी दौडमा छन् ।

 यस्तै, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर पनि चुनावमा होमिएका छन् ।

त्यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ मा बिहान ११ बजेसम्म ६६६ मत खसेको छ । दुल्लुमा २ हजार ७०६ जना कुल मतदाता रहेको निर्वाचन अधिकृत सलामीले जानकारी दिए ।

साँझ ५ बजेसम्म मतदान प्रक्रिया जारी रहने निर्वाचन आयोगले जनाएको छ ।