पुथा उत्तरगंगामा ३ हजार २ सय ६८ मत खस्यो

पुथा उत्तरगंगामा ३ हजार २ सय ६८ मत खस्यो

रुकुम पूर्व, १६ मंसिर । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा ३ हजार २ सय ६८ जना मतदाताले मतदान गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालका अनुसार, आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा मध्यान्ह सवा १२ बजेसम्म १ हजार ५ सय ७८ महिला र १ हजार ५ सय ९० पुरुषले मतदान गरेका हुन् । 

गाउँपालिकाको १४ वडामा १९ मतदान स्थल छन् । २२ वटा मतदान कन्द्रमा ११ हजार १ सय ८० जना  मतदान छन् ।

यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबाट केशकुमारी तुलाचन चुनावी दौडमा छन् । त्यस्तै, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट नरपुरा बुढा पुन उम्मेदवार छिन् ।

वडा नम्बर २ को अध्यक्षमा भने जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।