रौतहटको ईशनाथ–७ को वडाध्यक्षमा कांग्रेसका खलिक विजयी
काठमाडौँ, १७ मङ्सिर। रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।
आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे ।
साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शेख असराजले छ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरेका छन् ।
साथै स्वतन्त्र उम्मेदवारहरु शेख अंजर हुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत प्राप्त गरेका छन् ।