कोशी सरकार: आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ ग्रहण
विराटनगर, १७ मंसिर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी बन्ने भएका छन् ।
मानव तस्करी प्रकरणमा जोडिएपछि तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिए थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनको ठाउँमा भण्डारीलाई नियुक्त गर्न लागेका हुन् ।
उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ । भण्डारीले साढे पनि ५ बजे शपथग्रहण रहेको जानकारी दिए ।
एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् ।
कोशीमा स्वास्थ्य मन्त्रालय पनि नेतृत्वविहीन छन् । भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले नै यो मन्त्रालय सम्हालिरहेका छन् ।
डाक्टर शेखर कोइराला पक्षले नाम नदिएका कारण राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका हुन् ।