रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

रवि लामिछानेलाई बयानका लागि चितवन लगियो

काठमाडौं, १८ मंसिर । सहकारीको रकम अनियमितता प्रकरणमा मुछिएपछि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको हो ।

रविविरुद्ध चितवनमा पनि उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारीको रकम अपचलन गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता गरिएको थियो । 

काठमाडौंबाट पक्राउ गरी पोखरा प्रहरीको थुनामा रहेका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान गराइएको थियो । 

सोही प्रकरणमा यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान लिइएको थियो ।