रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप
काठमाडौं, १९ मंसिर । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
बधुबार बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाँदै गर्दा उनका समर्थक र प्रहरीबीच झडपको अवस्था आएको हो ।
तनावपूर्ण स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको बताइएको छ ।
उनका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । काठमाडौंबाट मंगलबार लामिछानेलाई बयानका लागि चितवन पुर्‍याइएको थियो । बयान नसकिएपछि आज (बुधबार) पनि लामिछानेको बयान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडप अहिले केही मत्थर भएको प्रहरीले जनाएको छ ।