नेपाल र चीनबीच ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सम्झौतामा हस्ताक्षर
बेइजिङ, १९ मङ्सिर । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ ।
बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ड एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् ।
चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणको तेस्रो दिन यो सम्झौता भएको हो ।