पोखरा एभेन्जर्स १०४ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १०३ रनमै समेटिएको छ ।
टी–यू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाउँदै १०३ रनमा सीमित भएको हो ।
पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए । कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले समान एकरएक विकेट लिए ।
पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०र१० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।