एनपीएलमा अहिलेसम्म कसले बनाए धेरै रन, को हुन् सर्वाधिक विकेट लिने खेलाडी ?

एनपीएलमा अहिलेसम्म कसले बनाए धेरै रन, को हुन् सर्वाधिक विकेट लिने खेलाडी ?

काठमाडौं, ४ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) मा ३२ मध्ये ३१ खेल सकिएका छन् ।

फाइनलमा उपाधि भिड्ने दुवै टोलीको टुङ्गो लागिसकेको छ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच आउने शनिबार फाइनल भिडन्त हुनेछ । विजेताले नगद १ करोड ११ लाख पुरस्कार प्राप्त गर्नेछ ।

हालसम्म व्यक्तिगत रुपमा धेरै रन बनाउने र विकेट लिने खेलाडीमा विदेशी खेलाडीहरू अघि छन् । व्यक्तिगत सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीमा भने विदेशी खेलाडीहरु नै अगाडि छन् ।

फाइनल पुग्ने सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन १६ विकेटसहित विकेट लिनेमा अघि छन् । हालसम्म जनकपुर बोल्ट्सका ललित राजवंशीले पनि समान विकेट लिएका छन् ।

यसैगरी सर्वाधिक रन बनाउने खेलाडी चितवन राइनोजका रवि बोपाराले२८६ रन बनाएका छन् भने लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले २७९ रन जाेडेका छन् ।

दुवै खेलाडीका टिम फाइनलमा छैनन् । जनकपुर बोल्ट्सका जिमी नीशमले उछिन्न सक्ने सम्भावना छ । नीशमले २४३ रन बनाएर तेस्रो स्थानमा छन्।

एनपीएल फाइनल अघिसम्म धेरै रन बनाउने र विकेट लिनेमा विदेशी अगाडि