चारवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
काठमाडौं, ५ पुस । आज संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल,गर्ने कार्यसूची छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकपनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने बताइएको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्ने बताइएपनि समय भने निर्धारण गरिएको छैन ।
बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल, समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।