धनगढी पुगेर शेखरले भने- देउवा र गगनसँग कुनै पनि असमझदारी छैन
धनगढी, ५ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै विवाद नभएकोपदाबी गरेका छन् ।
सुदूरपश्चिमका नेता तथा कार्यकर्तासँग भेटघाटका लागि आज (शुक्रबार) धनगढी आइपुगेका कोइरालाले पत्रकारसँग कुराकानी गर्दै सो दाबी गरेका हुन् ।
देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै असमझदारी नभएको उनले जिकिर गरे । यद्यपी, अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार रहेको उनको भनाइ छ ।
उनले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको बताए। कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि उनले बताए ।
फरक प्रसँगमा उनले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार फेरबदल हुने कुनै सम्भावना नरहेको हुँदा सरकारले राम्रो काम गर्नुपर्ने बताए ।
सरकारलाई सफल पार्न लागिपरेको भन्दै उनले जनपक्षीय काम गर्न सुझाव दिएका छन् ।