४५ लाख ठगीका अभियुक्त पक्राउ
काठमाडौं, ५ पुस । ४५ लाख रुपैयाँ ठगीको आरोपमा लागेका व्यक्ति पक्राउ परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका–२४ घर भइ काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय रामजी गिरी पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले उनीविरुद्ध तीन फरक ठाउँमा गरेर ४५ लाख ठगीको मुद्दा परेको जानकारी दिए ।
उनले दुबईको ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको एचआर म्यानेजर भएको बताउँदै दुबई पठाउने भनेर ३ लाख ३२ हजार ठगीको आरोप लागेको छ ।
त्यस्तै, सुर्खेत जिल्ला अदालतमा ३० लाखको चेक अनादार मुद्दा विचाराधीन रहेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा १८ जनाले १२ लाख १५ हजार ठगीको उजुरी परेको छ ।