Category: कला

  • कला
    काठमाडौँ, २९ जेठः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी कला प्रदर्शनीमा आफ्नो परम्परागत काष्ठ मूर्तिकला ‘२१ तारा’ को साथमा कलाकार सुरेश लवट तुलाधर । उहाँले बनाउनुभएको यो कलाले ५०० भन्दा बढी कलाकृतिमा सर्वोत्कृष्ट हुँदै रु एक लाख पुरस्कार प्राप्त गरेको छ । तस्बिरः नारायण ढुङ्गाना/रासस
  • कला
    सुर्खेत,२९ जेठः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल देउतीबज्यै मन्दिरमा आज बिहान पूजा आराधना गर्न आएका भक्तजन । तस्बिरः सुरेश आचार्य/रासस
  • कला
    मुगु, २९ जेठः सुदुरपश्चिम र कर्णालीवासीको आस्थाको केन्द्र थार्प मष्टाको थान । छायाँनाथ रारा नगरपालिका वडा न १३ थार्प गाउँमा अवस्थित यो थान १२ भाइ मष्टा मध्येको प्रमुख, प्रसिद्ध र तपस्वी मानिन्छ । मष्टोसँग भाकल गरे मनोइच्छा पूरा हुने भन्दै देशभरसहित छिमेकी देश भारतबाट समेत मष्टो पुजकहरु थार्प मष्टोको दर्शन तथा पूजा गर्न…
  • कला
    कमलामाई, २४ जेठः सिन्धुलीको कमलामाई नगरपालिका–४ ज्यामिरेका महिला आफूले बनाएको चकटी देखाउँदै । कमलामाई नगरपालिका–४ को वडा कार्यालयले यहाँका ५० जना महिलालाई १० दिने तालिममा पराल, बाबियो, थाकल, खर र खोस्टाको चकटी बनाउन सिकाएको थियो । उनीहरु आज भोलि चकटी बिक्री हुने बजारको खोजीमा छन् । तस्बि…
  • कला
    डडेल्धुरा, २१ जेठ ः बडाकाजी अमरसिंह थापाको सोमबार सालिक अनावरणका क्रममा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीलगायत । तस्बिर ः धनबहादुर भण्डारी / रासस
  • कला
    काठमाडौँ, २१ जेठ : गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस), केन्द्रीय कार्यालयद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी अवलोकन गर्दै नेपाल, भारत र बङ्गलादेशका सञ्चारकर्मी । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • कला
    सुनसरी, २० जेठः सुनसरीको इनरुवा–२ का महम्मद इस्ताक खान गर्मीमा उपयोग हुने हाते पङ्खा (बेना) बनाउँदै । शारीरिक रुपमा अपाङ्गता उनले पाँच वर्षदेखि हाते पङ्खा बनाउँदै आएका छन् । पङ्खा प्रति गोटा रु २० मा बिक्री हुने उनी बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस
  • कला
    बेनी, १८ जेठः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क ढाका बुनाइ तालिममा ढाकाको कपडा बुन्दै महिला । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर र व्यवसायी बनाउनका लागि एक महिने ढाका बुनाई तालिम सञ्चालन गरेको छ । तस्बिरः कमल खत्री/रासस
  • कला
    गोदार(धनुषा), १८ जेठः भगवान् रामले तोडेको ‘धनुष’ को टुक्रा झरेको ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थल धनुषाधामस्थित धनुषद्धार । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
  • कला
    गण्डकी,१७ जेठः कास्कीको मादी गाउँपालिका–१ सिक्लेसीको गुरुङ समुदायकी वृद्धा परम्परागत प्रविधिको प्रयोगबाट तानमा अल्लोकोे कपडा बुन्दै । पर्यटकीय गाउँ सिक्लेसमा स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर विभिन्न सामग्रीहरु तयार गरिन्छ । तस्बिरः रामबहादुर थापा/रासस
  • कला
    सुर्खेत, १४ जेठ : दैलेखको भैरवी गाउँपालिका-१ मा रहेको पञ्चकोशी धाममध्येको एक श्रीस्थान क्षेत्रमा रहेको श्रीस्थान खोलामाथि निर्माण गरीएको काठको पुल र पुलमा घाम-पानी छेक्न बनाइएको छाना । तस्बिर सुरेश आचार्य / रासस
  • कला
    डुम्रे (तनहुँ), ४ जेठ : तनहुँको भानु नगरपालिका–१ भन्सारमा विद्यालयस्तरीय बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव । बालबालिकाको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिवृद्धिका लागि सामाजिक, गणितीय तथा विज्ञानसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनीमा राखिएको छ । तस्बिर : मिला दरै/रासस
  • कला
    महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन् । सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकी…
  • कला
    सुर्खेत ४ जेठ : दैलेको नारायण नगरपालिका ७ भूर्तिमा रहेको ऐतिहासिक स्थल पञ्चदेवल । विश्व सम्पदामा सूचीकृतको सिफारिस गरिएको यो पञ्चदेवल पुनर्निर्माणको पर्खाइमा रहेको छ । तस्विरः सुरेश आचार्य/रासस
  • कला
    गुल्मी, ३ जेठ ः गुल्मीको रेसुङ्गा नगरपालिका७ स्थित पर्यटकीय क्षेत्र उनाय चौरमा निर्माण गरिएको रूखको घर । लुम्बिनी प्रदेश सरकार वन मन्त्रालयको १३ लाख ३८ हजार रुपैयाँको आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखमा दस जना मान्छे अटाउने गरी रूखमा घर निर्माण गरिएको छ । तस्बिर ः जनार्दन घिमिरेर÷रासस
  • कला
    चौतारा(सिन्धुपाल्चोक), १ जेठ : सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका– ४ नवलपुरका महिलाहरुले मकैको खोस्टाको प्रयोगगरी बनाएको हाते झोला, टोपीलगायतका सामग्री । महिलाहरुले केही दिनको तालिम पश्चात यस्ता सामग्री बनाउन सिकेका हुन् । तस्बिर ः रुपक पुरी ÷रासस
  • कला
    दाङ, ३१ वैशाख : घोराही उपमहानगरपालिका- १३ स्थित बडहराकी माया रोका भेडी गोठालो गएको समयमा ताकुमा अल्लोको धागो काट्दै । तस्बिर : कुलदीप न्यौपाने / रासस
  • कला
    काठमाडौँ, ३० वैशाख ः विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ मन्दिरको दक्षिणतर्फ नैऋत्यकोणमा विसं २०५९ मा निर्माण गरिएको आँखीझ्याल भएको ढोका । यो ढोका वास्तुविपरीत निर्माण गरिएकाले पशुपति क्षेत्र र देशमै नकारात्मक प्रभाव परिरहेको वास्तुविद्हरुको विश्लेषण छ । तस्बिर ः पूर्णप्रसाद मिश्र÷रासस
  • कला
    काठमाडौँ, २७ वैशाख : नेपाल हस्तकला व्यवसायी सङ्घ काठमाडौँले वैशाख २७ गतेदेखि ३१ गतेसम्म नेपाल पर्यटन वोर्ड परिसरमा आयोजना गरेको हस्तकला वसन्त मेलामा माटो बाट भाडा बनाउँदै महिला । तस्बिर : हरिराम भेटुवाल/रासस
  • कला
    काठमाडौं : २६ वैशाख : काठमाडौं तारकेश्वर नगरपालिका २ स्थित काभ्रेस्थलीको शान्तिधामको सिसमहलमा रहेको राधा-कृष्णको मूर्ति । यस सिसमहल अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । तस्बिर : हरिराम भेटुवाल / रासस
  • कला
    मनाङ, १७ वैशाख : मनाङको नार्पभुमि गाउँपालिका वडा नं १, २ र ३ वडा रहेको नार गाउँमा रहेको प्राचीन छोर्तेन (गुम्बा) । नार गाउँ चार हजार दुई सय ८५ मिटर उचाईमा रहेको छ । तस्बिर : नविन लामिछाने / रासस