Category: मुख्य समाचार
-
चितवन, १४ कात्तिक । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदा…
-
काठमाडौ, १४ कात्तिक । तिहारमा पनि पेट्रोलियम पदार्थको आपूर्ति निरन्तर हुने भएको छ । नेपाल आयल निगमका अनुसार, सार्वजनिक बिदाका दिनमा समेत पेट्रोलियम पदार्थ सहज रूपमा बिक्री वितरणको व्यवस्था मिलाएको छ । कोशी प्रादेशिक कार्यालय विराटनगर र मधेश प्रादेशिक कार्यालय डिपो १६ र १९ कात्तिकमा खुल्ने निगमले जनाएको …
-
काठमाडौं, एजेन्सी । एसियाली विकास बैङ्क (एडीबी) ले मङ्गलबार पाकिस्तानमा जलवायु र प्रकोप व्यवस्थापन प्रयासलाई सहयोग गर्न ५० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । जलवायु र विपद् व्यवस्थापन कार्यक्रमले योजना, तयारी र प्रतिक्रियाका लागि पाकिस्तानको संस्थागत क्षमतालाई बलियो बनाउने बैङ्कको पाकिस्तानस्थित शाखाले क…
-
काठमाडौं, १४ कात्तिक । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंकले गिरावट भएको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ । कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न भने सकेन । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम …
-
काठमाडौं, १५ कात्तिक । गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने उनले दाबी गरे । ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,&rsqu…
-
लुम्बिनी, १४ कात्तिक । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेका हुन् । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण…
-
काठमाडौँ, १४ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाएका छन् । आज समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले…
-
काठमाडौँ, १४ कात्तिक । एक सय १६ औँ लक्ष्मीजयन्ती तथा तिहारका अवसरमा कपन साहित्य समाजका आयोजनामा आज स्थानीय आकाशेधारास्थित ‘यात्री स्मृति सभाकक्ष’ मा शारदीय कविता वाचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख एवं कवि अनिता लामा, सम…
-
बरहथवा (सर्लाही), १४ कात्तिक । सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए …
-
काठमाडौँ, १४ कात्तिक । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, …
-
धनगढी, १४ कात्तिक । कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने निर्णय गरिएको छ । तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने बताउँदै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी गराएको छ । आधुनिकताको नाममा नेपाली …
-
विराटनगर, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गरे । सहकारी संस्थाहरुको…
-
नवलपुर (नवलपरासी), १४ कात्तिक । नवलपरासी (बर्दघाट–सूस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग ग…
-
काठमाडौँ, १४ कात्तिक । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका…
-
रामपुर (पाल्पा), १४ कात्तिक । भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो । यहाँका २५ किसानलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रकम उपलब्ध गराइएको छ । किसानलाई दुहुनो भैँसीपालनका लागि ४० हजारका दरले २५ …
-
गण्डकी, १४ कात्तिक । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत…
-
काठमाडौं, १४ कात्तिक । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थ…
-
काठमाडौं, १४ कात्तिक । काठमाडौं महानगरले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन स्थानमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी दिएको छ । उक्त खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । स…
-
काठमाडौं, १४ कात्तिक । रेड पाण्डाको छालासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार, पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा छन् । उनलाई मंगलबार दिउँसो प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुले पक्राउ गरेको हो । रेड पाण्डाको छाला खरिदबिक्री हुन…
-
काठमाडौं, १४ कात्तिक । सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैँया नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला २२०० रुपैयाँ महँगो हो । अघिल्लो दिन १ लाख ६८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । …
-
काठमाडौं, कार्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओली साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशको खेल हेर्न आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् । उनी साँझ साढे ६ बजेदेखि सुरु हुने खेल हेर्न रंगशाला जाने भएका हुन् । त्यहाँ प्रधानमन्त्री ओलीले उपाधि चुम्ने टोलीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । …
फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल, किसान चिन्तित
खाम्बाचेन
भोटेचौर चिया बगानमा पर्यटक
सीमा क्षेत्रमा रहेको पिलर निरीक्षणका क्रममा सुरक्षाकर्मी
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो