दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा

दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा

काठमाडौं, जेठ २३,


देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल  ६.६ कोे घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचर लगायत अफरहरु प्राप्त गर्न सक्नेछन् । दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१) देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । 

दराज ६.६ मिड–इयर सेल को प्रमुख आकर्षणका रुपमा, विभिन्न विक्रेता मार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीहरुको खरिदका लागि न्यूनतम रु.४९९ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्  । कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी भाउचरहरू संकलन गर्ने सुविधापनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सिमा बिनापनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।

उपभोक्ताहरुको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रमपनि सार्वजनिक गरेको छ । कार्यक्रम अन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ विक्रिका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मुल्यमा खरिद गर्न सक्ने बाचा गरिएको छ । ६.६ मिड–इयर सेलको खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्म मार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दावी मान्य भएमा खरिदकर्ताले निर्धारित मुल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् । 

६.६ मिड–इयर सेल बृहत छुट र बचतका बारेमा मात्र नभइ, यसको उद्देश्य उपभोक्तालाई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नुपनि रहेको कम्पनीको भनाई छ । स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो र वेयरेवल्स, फर्निचर, घरको सजावट सामग्री लगायत अन्य थुप्रै उत्पादनमा पनि छुट्टाउनै नहुने अफरहरु उपलब्ध हुने बताइएको छ । 
दराज ग्रुपका बारेमा ः

सन् २०१५ मा स्थापित दराज, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सञ्चालनमा रहेको दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्ल्याटफर्म हो । ५ सय मिलियन मानिसहरूको द्रुत रूपमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै यसले विक्रेता र उपभोक्तालाई अत्याधुनिक मार्केटप्लेस प्रविधि प्रदान गरिरहेको छ । ई–कमर्स, रसिद, भुक्तानी र वित्तीय सेवाहरू समेट्ने एकीकृत पूर्वाधार निर्माण गरेर कम्पनीले इमर्सिभ, व्यक्तिगत किनमेल अनुभव प्रदान गर्ने र वाणिज्य शक्ति मार्फत दक्षिण एसियाली समुदायलाई नयाँ उचाई प्रदानगर्ने लक्ष्य बोकेको छ ।