काठमाडौंबाटै समातिए नक्कली नोट सहित दुई व्यक्ति

काठमाडौंबाटै समातिए नक्कली नोट सहित दुई व्यक्ति

काठमाडौं, जेठ २७

काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चिया पसल संचालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका–५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेको परिसरले जानकारी दिएको छ । प्रहरीका अनुसार कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले तारादेवीलाई पक्राउ गरेको थियो ।

उनीबाट नेपाली एक हजार दरको पाँच लाख १४ हजार रुपैंयाँ बराबरको पाँच सय १४ थान नक्कली बरामद भएको थियो । सो पश्चात अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई समेत नागर्जुन–५ पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।