आठ अंकले बढ्यो, नेप्से सात वटा समुहले कमाउँदा छ वटा समुहले गुमाए

आठ अंकले बढ्यो, नेप्से सात वटा समुहले कमाउँदा छ वटा समुहले गुमाए

काठमाडौं, जेठ २८

नेप्से बढेको छ । आज सोमबार नेप्से आठ दशमलव ९० अंकले बढेर दुई हजार ८२ दशमलव शुन्य नौं अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव ८६ अंकले बढेर तीन सय ६९ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । तीन सय १४ वटा कम्पनीहरुको ७१ हजार नौं सय ४८ पटकको कारोबारमा एक करोड १६ लाख ३४ हजार छ सय १८ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब ४९ करोड छ लाख नौं हजार सात सय ८९ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये बाँणिज्य बैंक, जीवन बीमा, होटल तथा पर्यटन, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक घटेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र लगानी समुहको सुचक बढेका छन् । नेप्सेमा आज कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने जानकी फाईनान्सले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।