विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान

विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान

काठमाडौं, जेठ २९

विश्व कीर्तिमानी डा.डीआर उपाध्यायलाई भारतको इन्दोरमा सम्मान गरिएको छ । इन्दोरमा बलिउडका कलाकार सहभागी एक विशेष समारोहमा डा.उपाध्यायलाई सम्मान अर्पण गरिएको हो ।

सो अवसरमा सञ्जय विनायक जोशी, सैतुन सिंह पाल, प्रतिमा बागरी, डा.विके बजाज, डा.जशवीर सिंह, बलिउड अभिनेता विन्दु दारा सिंह, रञ्जित लगायत व्यक्तित्वहरूको उपस्थिति थियो । डा.उपाध्यायलाई १५३ विश्व कीर्तिमान कायम गर्नुभएकोमा विशेष सम्मान अर्पण गरिएको थियो ।

डा.उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय ५० को हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।