हरित अर्थतन्त्र र जलवायु कार्य प्रवर्द्धनका लागि ब्रिटिस काउन्सिलद्वारा आयोजित युवा तथा जलवायु कार्य सम्मेलन २०२४

हरित अर्थतन्त्र र जलवायु कार्य प्रवर्द्धनका लागि ब्रिटिस काउन्सिलद्वारा आयोजित युवा तथा जलवायु कार्य सम्मेलन २०२४

ब्रिटिस काउन्सिलले युवा तथा जलवायु कार्य सम्मेलन २०२४ को उद्घाटन जुन ३ मा गरेको थियो। यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु रहेको थियो। सम्मेलन जुन १० सम्म चलेको थियो।     

सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू मार्फत सक्रिय रूपमा सहभागिता जनाएका थिए। कार्यक्रमले युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरू मार्फत जलवायु सङ्कटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरेको थियो।  

संयुक्त अधिराज्य र नेपाल साझेदारहरूको कन्सोर्टियमसँगको सहकार्यमा, हामीले दिगो हरित अर्थतन्त्र र जलवायु कार्यमा केन्द्रित एक दिने विचारगोष्ठी आयोजना गर्यौं। गोष्ठीमा अन्तरक्रियात्मक संस्कृति कार्यशालाहरू र विद्यार्थी तथा विज्ञहरूका लागि  डिजाइन गरिएको विशेष सत्रहरू समावेश थिए।

नवप्रवर्तनकारी हरित परियोजनाहरू प्रस्तुत गर्ने एक हप्ता लामो प्रदर्शनी तारागाउँ नेक्स्ट, बौद्धमा जुन १० सम्म खुला रहेको थियो। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो।

भेलाले बुद्धिजीवीहरू, कलाकारहरू, अभियन्ताहरू, समुदायका सदस्यहरू, शिक्षाविद्हरू, शिक्षकहरूर युवा नवाचारहरूलाई दिगो भविष्यमा योगदान पुर्याउनको लागि सिर्जनशीलता, उद्यमशीलता, र वातावरणीय दिगोपनको खोजी गर्न सबैलाई एकताबद्ध गरेको थियो।

नेपालका लागि बेलायती राजदूत एचई रोब फेनले आफ्नो मन्तव्यमा ‘युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउनका लागि सबैभन्दा उपयुक्त दुई शब्दहरू हुन् भन्ने उल्लेख गरे। जलवायु परिवर्तन दुवै देशका युवाहरूले सामना गर्ने साझा चुनौती भएकाले यो क्षेत्रले दुवै देशका युवाहरूलाई एकसाथ ल्याउने अवसर प्रदान गर्दछ।’

ब्रिटिस काउन्सिलको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले गोष्ठीको उद्घाटनमा  भनिन्, ’आज हामी रचनात्मक हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गर्न एकसाथ आउँदैछौं, दिगो विकासका लागि सिर्जनशीलता र नवप्रवर्तन शक्तिशाली उत्प्रेरकहरू हुन् भन्ने कुरा नबिर्सौं ।

हाम्रो युके साझेदार, एडिनबर्ग नेपियर विश्वविद्यालयका इंगे पन्निल्सले भने, ‘रचनात्मक हरित अर्थतन्त्रले परिवर्तनको लागि वास्तविक शक्तिको रूपमा काम गर्न सक्छः तर यो हाम्रो कर्तव्य हो, हाम्रो साझा कर्तव्य हो – केवल युवा व्यक्तिहरू, डिजाइनरहरू, वा नीति निर्माताहरूमा मात्र भर पर्नु हुँदैन। यो उद्देश्य पूरा गर्नु नागरिकको रूपमा हाम्रो साझा दायित्व हो – विश्वव्यापी, रूपमा, स्थानीय रूपमाएकताबद्ध रूपमा ।

इन आवर ह्यान्ड्स कार्यक्रम मार्फत विकास गरिएको क्विन्टुपल बटम लाइन फ्रेमवर्क स्थानीय नीतिहरूमा समावेश हुनु मेरो लागि ठूलो उत्साहको स्रोत हो। फ्रेमवर्कले स्थानीय एजेन्सीहरूलाई स्थानीय समुदायहरूसँग काम गर्न कसरी सहयोग गर्न सक्छ भनी हेर्न म आतुर  छु।

स्टोरी साइकलका स्थानीय साझेदार सौरभ ढकालले भने, ’रचनात्मक हरित अर्थतन्त्रतर्फ काम गरिरहेका हामीमध्येका लागि यो विचारगोष्ठी एउटा सफलता हो । हरित अर्थतन्त्रको अवधारणा केही समयदेखि चर्चाको विषय बनेको छ। तररचनात्मक हरित अर्थतन्त्र, हामीले परीक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको अवधारणा, सार्वजनिक नीतिको क्षेत्रमा भएका लगायत प्रमुख सरोकारवालाहरूले गोष्ठीमा अँगालेको जस्तो देखिन्थ्यो।

गोष्ठीमा, हामीले नेपालमा रचनात्मक हरित अर्थतन्त्रमा छलफल पत्र प्रस्तुत गर्यौं। रचनात्मक हरित अर्थतन्त्रको अवधारणा शिल्प कौशल, जलवायु परिवर्तन र अन्तरपुस्ता सशक्तिकरणमा केन्द्रित नेपाल–युके आदानप्रदान मार्फत गरिएको थियो। यो प्राज्ञिक, नागरिक समाज र निजी क्षेत्रका साझेदारहरूको सहकार्यबाट उनीहरूको विशेषज्ञता र प्रयासबाट विकसित गरिएको थियो।

छलफल पत्र यहाँबाट डाउनलोड गर्न सकिन्छ। Policy Brief-Creative Green Economy in Nepal-Final Draft (britishcouncil.org.np)

हामीले नेपाली युवा तथा जलवायु कार्य – धारणा, आकांक्षा र बुझाइ अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्यौं। अध्ययन प्रतिवेदनले जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतिहरूको बारेमा युवाहरूको बुझाइ र जलवायु कार्यमा नेतृत्वको लागि उनीहरूको तयारीको मूल्याङ्कन गर्दछ। नेपालमा जलवायु पहलहरूमा युवाहरूको सहभागिता बढाउन अध्ययनले प्रमाणमा आधारित सुझावहरू दिने गर्दछ।

अध्ययन प्रतिवेदन यहाँबाट डाउनलोड गर्न सकिन्छ। study_on_nepalese_youth_and_climate_action-_reserach_report.pdf (britishcouncil.org.np)

 

थप जानकारीका लागि, अन्तर्वार्ताका लागि अनुरोधहरू सहित कृपया सम्पर्क गर्नुहोसः

न्हूजा तुलाधर, कला प्रमुख, [email protected] मोवाइलः +९७७ ९८५१२२ ५७९१

र सदीक्षा चौधरी, अनुसन्धान र अनुदान प्रबन्धक, मोवाइलः +९७७ ९८५१२४९७८५ [email protected]

 

ब्रिटिश काउन्सिलको बारेमा

ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरूको लागि संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्था हो। हामी संयुक्त अधिराज्य र अन्य देशका नागरिक बीच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिका लागि सक्रिय रूपमा योगदान गर्छौं।  शान्ति र समृद्धिको लागि हाम्रो प्रतिबद्धता कला र संस्कृति, शिक्षा र अंग्रेजी भाषा मार्फत गर्छौं।  हामी २०० भन्दा बढी देशहरू र क्षेत्रहरूमा मानिसहरूसँग काम गर्छौं र १०० भन्दा बढी देशहरूमा हाम्रो उपस्थिती रहेको छ। २०२२–२३ मा हामी ६० करोड  मानिसहरूमा पुग्यौं। ब्रिटिश काउन्सिलका बारेमा थप जानकारीको लागि www.britishcouncil.org मा जानुहोस्।