एकैदिन ३३ अंकले बढ्यो नेप्से, पाँच अर्ब ५५ करोड भन्दा बढीको सेयर कारोबार

एकैदिन ३३ अंकले बढ्यो नेप्से, पाँच अर्ब ५५ करोड भन्दा बढीको सेयर कारोबार

काठमाडौं, जेठ २९

साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज पुन ३३ दशमलव १५ अंकले बढेर २१ सय १५ दशमलव २४ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १८ अंकले बढेर तीन सय ७३ दशमलव २३ अंकमा चढेको छ । तीन सय ११ वटा कम्पनीहरुको ७४ हजार आठ सय ७७ पटकको कारोबारमा एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । आज कारोबार भएका मध्ये बरुण हाईड्रोेपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने सामलिङ पावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।