प्रधानमन्त्रीसँग कैट अध्यक्षको भेटघाट सफल

प्रधानमन्त्रीसँग कैट अध्यक्षको भेटघाट सफल

काठमाडौं, असार २

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग कैट एआईजेजीएफ अध्यक्ष अशोक कुमार वर्माको भेटघाट सफल भएको छ । भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले चाडै कैट र एआईजेजीएफको सम्पूर्ण प्रतिनिधिमण्डललाई नेपालमा बोलाउने आश्वासन दिएका छन् ।

कार्यक्रममा दुवै देशको वार्ता टोलीको मुख्य सचिव र अन्य पदाधिकारी समेत रहने उनले बताए । कार्यक्रममा कृषि क्षेत्रमा सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा भएको कृषि मन्त्री साहले बताईन । सुन्तलालाई कसरी बजारिकरण गर्न सकिन्छ त्यस बारे समेत छलफल गरिएको उनले जानकारी गराईन । कैट अध्यक्ष वर्माले कृषि र उधोग व्यापारलाई बढावा दिन सके विदेश पलायन हुने जनशक्तिलाई स्वदेश मै रोजगारी सृजना गरि नेपाललाई आत्मनिर्भर बनाउन सकिनेमा जोड दिए ।