मंगलबार २० माघ, २०८२

आगोले जलेर मृत्यु

आगोले जलेर मृत्यु

डोटी, चैत १६

शिखर नगरपालिका–४ सेलफुङ्गा बस्ने ४१ वर्षीया चन्द्रा देवी भण्डारीको सोही ठाउँस्थित पातालीसैन सामुदायिक वनमा बिहीबार दिउँसो लागेको आगोमा जलेर मृत्यु भएको छ । 
वनमा सिंचाई योजनाको कुलो खन्ने क्रममा वनमा लागेको आगोले जलेर गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।