मंगलबार २० माघ, २०८२

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको र्‍याली

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको र्‍याली

काठमाडौं, बैशाख १९ 

मे फस्ट अर्थात १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले र्‍याली निकालेको छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले र्‍याली निकालेका हुन् ।

ठमेल सञ्चय कोष अघिबाट सुरु भएको र्‍याली दरबारमार्ग, रत्नपार्क, सहिदगेट, सुन्धारा हुँदै पुन शान्तिबाटिका आइपुगेको हो । यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ । यो दिवस हरेक वर्ष मे १ तारिकका दिन विश्वभर मनाउने गरिन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  आठ घन्टा काम, आठ घण्टा आराम र आठ घन्टा मनोरञ्जनको नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा श्रमिक दिवस मनाउन थालिएको हो ।