मंगलबार २० माघ, २०८२

१ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुई जना तानजेनियन नागरिक पक्राउ

१ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुई जना तानजेनियन नागरिक पक्राउ

काठमाडौं, असार १७
काठमाडौं महानगरपालिका–१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामदानी सिम्बा मबुम्वा र त्वालिभ किपुभु पासुवा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामदानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट त्ध्ब्ीक्ष्द्य लाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।