शुक्रबार २३ माघ, २०८२

दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या एक करोड भन्दा माथि

दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या एक करोड भन्दा माथि

सियोल, २७ असार (रासस/एएफपी) :

दक्षिण कोरियाको ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या एक करोड नाघेको गृह मन्त्रालयले बिहीबार जनाएको छ । दक्षिण कोरियामा कूल जनसङ्ख्याको पाँच करोड १२ लाख ६९ हजारको १९.५१ प्रतिशत जनसङ्ख्या ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहको रहेको मन्त्रालयले प्ष्टि गरेको छ ।

सन् २०१३ जनवरीमा ११.७९ प्रतिशत रहेको वृद्धवृद्धाको अनुपात सन् २०१७ जनवरीमा १३.६० प्रतिशत, सन् २०१९ डिसेम्बरमा १५.४८ प्रतिशत र सन् २०२२ अप्रिलमा १७.४५ प्रतिशत पुगेको छ । दक्षिण कोरिया ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका २० प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको देशलाई सम्बोधन गर्ने अति वृद्ध समाजको नजिक पुगेको छ । यहाँ ६५ वर्ष वा सोभन्दा माथिका पुरुषको सङ्ख्या ४४ लाख २७ हजार ६८२ रहेको छ भने महिलाको सङ्ख्या ५५ लाख ७२ हजार ३८० रहेको छ ।

सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने वृद्धहरू ४४ लाख ९० हजार पुगेको छ भने नगरभन्दा बाहिरी क्षेत्रमा ५५ लाख १० हजार रहेका तथ्याङ्कले देखाएको छ ।