नारायणी नदिमा यात्रुवाहक सवारी साधन दुर्घटना, सशस्त्रको गोताखोरद्वारा उद्धार कार्य शुरु
काठमाडौं, असार २८
भरतपुर महानगरपपालिका–२९ सिमलतालस्थित नारायणी नदिमा असार २८ गते बिहान अन्दाजी ३ बजे दुई वटा यात्रुवाहक सवारी साधन दुर्घटना भएको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी लामो दुरीमा चल्ने दुई वटा गाडी सो स्थानमा खसेको हो ।
_HvtNVX7R9l_ajwirtnn5poz6egnuknqweu90tawwljukvz4hlk3caiakcj12npwrrxc9pou.jpg)
_ukLOyVbrB9_88pnqnfpbuzhwu3gabqmnwsvsmkdctzjs3pk80knxuv0iekyyrug91uldejr.jpg)
_USMOFE0Sdx_ra3sugk3kcksptfk0gdikviixkoc0tmwibjiqbi6ldyuf6fjulwoglntfacd.jpg)
पर्साको बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको माईक्रो र काठमाडौबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस नदिमा बेपत्ता भएको हो । दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित २५ जना सुरक्षा फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ ।
