पन्च इभीको पूर्व यात्रा

पन्च इभीको पूर्व यात्रा

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटा पन्च इभीको रिजनल लन्च पूर्वबाट सुरु गरिसकेको छ । बिर्तामोड स्थित अलास्का अटोमोवाइल र बिराटनगर स्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च इभीको लन्च गरिएको छ ।  साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।  सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।  

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च इभीको प्रतीक्षा गरिरहनु भएको र लन्च कार्यक्रममा ग्राहकहरुलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको कुरा अलास्का अटोमोवाइलको प्रोपाइटर प्रकाश सिवाकोटीले बताए । साथै गत चैत्रमा भएको आइपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च इभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको जानकारी स्नेह गोयलले गराए ।  

 

पूर्वको लन्च सकेर अब टाटा पन्च इभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ ।   

टाटा पन्च इभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा  दुइ  सेगमेन्ट माथिको विशेषताहरु  भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन सक्नु हुन्छ। पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी न्ल्ऋब्ए मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।