शुक्रबार २३ माघ, २०८२

रवि लामिछानेको म्याद तेस्रो पटक थपियो, थप १० दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेको म्याद तेस्रो पटक थपियो, थप १० दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २० कात्तिक । सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।

१५ कात्तिकमा दोस्रोपटक थपिएको म्याद सकिएको थियो । सूचना अधिकारी सुरज अधिकारीले सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको जानकारी दिए ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्न अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय माग गरेको थियो ।

कात्तिक २ गते काठमाडौंबाट लामिछाने पक्राउ परेका थिए । त्यहीँ दिन राति नै पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालतमा हाजिर गराइएको थियो । अदालतले त्यसबेला पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप गरेको थियो ।