एनपीएल आयोजना गर्न बाटो खुला, आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

एनपीएल आयोजना गर्न बाटो खुला, आमीरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, २५ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो हक दाबीसहित आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ ।

आज (आइतबार) न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरिएको छ ।

जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिटमा एनपीएल आयोजना रोक्न अन्तरिम आदेशको समेत माग गरेका थिए । यद्यपी, सर्वोच्चले अन्तरिम आदेश भने दिन मानेन। आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको हो । 

आमीरले विगतमा एनपीएलको नाममा प्रतियोगिता गर्ने तयारी गरेका थिए । त्यसै कारणले एनपीएल नाममा आफ्नो दाबी  रहेको जिकिर छ ।