वुमेन अफ द वर्ल्ड महोत्सव

वुमेन अफ द वर्ल्ड महोत्सव

मंसिर ४, २०८१, काठमाडौँ ,

काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा ९नारायण चौर० मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड ९वाउ०, को सातौँ संस्करण आयोजना हुँदैछ । महिला र बालिकाहरुले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास यसको मुख्य ध्येय हो । लैङ्गि उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको विषयमा सम्मेलनले धेरै मानिसलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । यसका लागि ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा सम्मलेन आयोजना गर्न लागेको हो । यसमा नेपाली र बेलायती साझेदारी छ । यस्ता कार्यक्रमहरु सामान्यतया बन्द कोठाभित्र हुने गरेका छन् ।

यसलाई खुला र सबैको पहुँचमा लैजान बगैँचामा कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्मेलन, समानता र लैङ्गिकता बारे आपसी र सिकाइ आदानप्रदान गर्ने सार्वजनिक मञ्च हो । १० हजार वढी व्यक्ति व्यक्तिहरुको सहभागिता हुने अपेक्षा गरिएको महोत्सव प्रवेश निःशुल्क हुनेछ । महोत्सवमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले राजनीतिक प्रतिनिधित्व गर्नुहुनेछ ।

कथा घेरा थिएटर, कर्णाली कला केन्द्रसहित गायिका कुन्ती मोक्तान, गायिका सुवानी मोक्तान, रचना दाहाल, गौमाया गुरुङ् सहित २ सयभन्दा धेरै महिला कलाकार सहभागी हुनुहुनेछ । त्यहाँ उहाँहरुको प्रस्तुति पनि हुनेछ । २ दिन चल्ने महोत्सवमा विहान योग बक्सिङ् हुनेछ । दिनमा चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्रहरु, प्रदर्शनी, स्थानीय उत्पादन तथा खानाको विक्री, गीत, संगीत, गायन, नृत्य तथा कला प्रस्तुतिसँगै बालबालिकाका लागि विशेष खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् ।

फेस्टिभलमा अल्पसंख्यक कलाकार तथा वक्ताहरुलाई समावेशी तथा लैङ्गिक क्षेत्रमा गरेका कामका विषयमा जानकारी दिन, सोच प्रदर्शन तथा धारणा राख्नका लागि अवसर दिइनेछ । यहाँ सहभागी महिलाहरुले आफ्ना समस्या, दबाब, अभाव र अवसरका विषयमा खुला छलफल गर्नेछन् ।

यो राजनीतिकर्मी, अधिकारकर्मी, कला, साहित्य र संगीतजस्ता सिर्जनात्मक क्षेत्रका काम गरिरहेका महिलाहरुले आफ्ना क्षेत्रका अनुभव बाँड्ने अवसर पनि हो । यसरी चल्ने सत्रहरुमा जलवायु परिवर्तन, खेलकुद, आमसञ्चारलगायत विभिन्न पेशामा महिलाको भूमिका र पहिचानका विषय समेटिनेछन् । लैङ्गिक मुद्दामा महिला र बालिकाहरुको क्षमता वृद्धि गर्ने महिला नेतृत्वमा प्राप्त महत्वपूर्ण उपलब्धी र उपलब्धि हासिल गर्दाका प्रयत्नका विषयमा उत्प्रेरणात्मक सत्र चल्नेछन् । 

‘लैङ्गिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले व्रिटिस काउन्सिलसँग गएको वैशाख १० गते समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्मेलनपछि लैङ्गिक संवेदनशीलताका विषयमा सचेतना र जागरुकता बढाउन २ सय जनालाई सिप प्रदान गर्ने कार्यक्रम सञ्चालन हुनेछ । 

महोत्सवको मिति स् २०८१ साल, मंगसिर ८ र ९ गते 
समयस् बिहान ८ देखि बेलुकी ८ सम्म 
स्थान स् नन्दी केशर बगैंचा, नारायणचौर, नक्साल, काठमाडौँ

कार्यक्रम तालिका ; www.britishcouncil.org.np/WOWFestival2024

के हो वुमेन अफ द वर्ल्ड ?
यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको महिला सशक्तिकरणसँग सम्बन्धित अभियान हो । यसका अघिल्ला श्रृङ्खलाहरुमा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिला वक्ताका रुपमा सहभागी भइसक्नुभएको छ । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । हाल सम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।
वाउ मधेश २०१९ फोटोहरु ;

www.flickr.com/photos/britishcouncilnepal1/albums/72157712284438437

www.flickr.com/photos/britishcouncilnepal1/albums/72157712899289513

वाउ नेपाल लुम्बिनी २०२२ फोटोहरु :

www.flickr.com/photos/britishcouncilnepal1/albums/72177720298762296

वाउ काठमाडौँ २०१८ भिडियो  : www.youtube.com/watch?v=akNC9lCX3Wc&t=18s

वाउ मधेश २०१९ भिडियो : www.youtube.com/watch?v=lWNC16lYPZY&t=12s

वाउ नेपाल लुम्बिनी २०२२ भिडियो  : www.youtube.com/watch?v=SVmgNuO6HD4&t=17s