चीन भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श लिँदै ओली

चीन भ्रमणको पूर्वसन्ध्यामा पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श लिँदै ओली

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअगाडि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श थालेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  चीन भ्रमणबारे छलफल भइरहेको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत छलफलमा सहभागी भएका छन् ।

यही मंसिर १७ गते प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने तयारी छ ।  गत शुक्रबार दरबारमार्गस्थित एमाले जागरणसभामार्फत यो मिति उनले  घोषणा गरेका थिए ।

पछिल्लोपटक सरकारको नेतृत्व सम्हालेको १०० दिनसम्म पनि भारतबाट औपचारिक भ्रमणको निमन्त्रणा नआएपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणको गृहकार्य अघि बढाएका थिए ।

सोही गृहकार्यअनुसार नै प्रधानमन्त्री ओली आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छालफलमा जुटेको बताइएको छ ।