काठमाडौँबाट जुवातास खेल्ने १६ जना पक्राउ
काठमाडौं, २३ मंसिर । काठमाडौंका दुई ठाउँबाट जुवातास खेलेको आरोपमा १६ जनालाई प्रहरीले समातेको छ ।
काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी, नागार्जुन नगरपालिका–३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार ७ सय ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।