सेयर बजारको अंकसँगै कारोबार रकम पनि घट्यो

सेयर बजारको अंकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, २५ मंसिर । सेयर बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । 

आज (मंगलबार) नेप्से परिसूचक ६.३२ अंकको गिरावट आएको छ । सो अंकको कमीपछि २६६९ अंकमा पुगेको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो ।

५ कारोबार दिनयता बजार लगातार ओरालो लागेको छ । कारोबार रकम पनि समीति हुँदैगएको छ । आइतबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा हिजो सोमबार ५ अर्ब ६२ करोड र आज ४ अर्ब ४१ करोडमा खुम्चियो ।

८५ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने १० को स्थिर रह्यो । व्यपार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटल समूह ०.२८ प्रतिशत बढे । बैंकिङ ०.१५, विकास बैंक ०.५२, फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, लगानी ०.७९, जीवन बीमा १, निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।

जोशी हाइड्रोपावरको ७।६, खानीखोलाको ७.५, गणपति लघुवित्तको ६.९, उपकार लघुवित्तको ६.२ तथा महिला लघुवित्तको ६.२ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ३.५, सपोर्ट माइक्रोफाइनान्सको २.८ प्रतिशत मूल्य घट्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चर, सानिमा माइ हाइड्रोपावर, जानाकी फाइनान्स, हिमालयन डिस्टिलरी र एसबीआई बैंक कारोबार रकमका आधारमा क्रमशः अगाडि देखिए ।