जनकपुरलाई सुदूरपश्चिमले दियो १२४ रनको लक्ष्य
काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रनको योगफल तय गरेको हो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुई/दुई तथा हर्श ठाकरले एक विकेट लिए ।