स्रोत नखुलेको ४७ लाख नगदसहित एक महिला पक्राउ
काठमाडौं, २६ मंसिर । मोरङबाट पस्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित एक महिला पक्राउ परेकी छिन् ।
मोरङकै रंगेली नगरपालिका–८ दर्वेशा कि ६५ वर्षीया ज्योति देवी अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।
अग्रवालले घरमा अवैध रकम राखेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो ।
रंगेलीले उनका घर खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको उक्त रकम फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।