सेयर बजार: परिसूचक ३३.४२ अङ्कले घट्यो, कारोबार रकम बढ्यो
काठमाडौं, २७ मंसिर । अघिल्लो दिन ४५ अंक बढेको सेयर बजारमा आज (बिहीबार) ३३.४२ अंकले गिरावट आएको छ ।
अघिल्लो दिन २७१५ मा रहेको बजार आजको गिरावटसँगै २६८२ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो । ४० कम्पनीको मूल्य वृद्धि हुँदा २०४ को घट्यो ।
उत्पादन सेक्टर ०.३८ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । बैंकिङ १.७२, विकास बैंक १.५५, फाइनान्स २.६४, हाइड्रोपावर ०.९९, लगानी १.१८, जीवन बीमा १.३७, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.९२, अन्य ०.९९ र व्यापार १.२६ प्रतिशत घटे ।
त्रिशुली जलविद्युत्को मूल्य ८.५ प्रतिशत बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको ७.५, कुथेली बुखरी स्मल हाइड्रोपावरको ६.६, भूगोल इनर्जीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।
जानाकी फाइनान्सको १०, इङवा हाइड्रोपावरको ६.४, इमर्जीङ नेपालको ६.२ तथा जोशी हाइड्रोपावरको मूल्य ५.४ प्रतिशत घट्यो ।
जानाकी फाइनान्स, सर्वोत्तम सिमेन्ट, जोशी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र युनाइटेड इदी मर्दी कारोबार रकमका आधारमा क्रमशः अगाडि देखिए ।