१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी शंखमुलबाट पक्राउ

१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी शंखमुलबाट पक्राउ

काठमाडौं, ३ पुस । १ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई प्रहरीले समातेको छ । 

कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला  अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

त्यसैगरी जिल्ला अदालत बाँकेबाट पनि ५० लाख बिगो बराबरकै मुद्दामा पक्राउ पुर्जी जारी भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिए । 

शंखमुलबाट पक्राउ परेका उनलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।