मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा समेत धक्का महसुस
काठमाडौं, ४ पुस । मनाङ केन्द्रबिन्दु भएर आज (बिहीबार) भूकम्प गएको छ । स्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, भूकम्प आज बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महसुस भएको छ ।
क्षतिको कुनै पनि विवरण भने अहिलेसम्म प्राप्त नभएको बताइएको छ ।