तोलामा १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ४ पुस । साताको कारोबारअन्तर्गत (बिहीबार) सुनको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा मूल्य कायम भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।