आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, ५ पुस । आज देशका अधिकांश स्थानमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सफा रहने विभागको भनाइ छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने विभागले बताएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ।