प्रधानमन्त्री बिरामी भएपछि स्थगित मन्त्रिपरिषद्को बैठक आज बस्दै

प्रधानमन्त्री बिरामी भएपछि स्थगित मन्त्रिपरिषद्को बैठक आज बस्दै

कामठमाडौं, ५ पुस । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । हिजो बस्ने तय भए पनि स्थगित भएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो ।

बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामाथि छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि हिजो बस्ने तय भएको बैठक स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीको विहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।