बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति पर्छ ?

बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति पर्छ ?

काठमाडौं, ४ पुस । कुखुराको अन्डाको मूल्यमा वृद्धि भएको छ । आजदेखि लागू  हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँको दरले बढाएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिएको छ । 

संघका अनुसार, मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको हो ।

बिहीबार बसेको संघको बैठकले चितवनलाई आधार मानेर बिक्री मूल्य निर्धारण गरेको हो । 

संघले अन्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेट सहितको प्रति पेटी १४० रुपैयाँ थप लाग्ने समेत जनाएको छ ।  अब बजारमा अन्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ भन्दा बढी पर्ने भएको छ ।

जाँडो महिना लागेसँगै उत्पादनमा कमी आउने र बजारमा माग बढ्ने भएकोले अन्डाको भाउ बढेको व्यवसायीहरुको भनाइ छ ।